Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ, ऐतिहासिक रेकर्ड

नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ, ऐतिहासिक रेकर्ड

  • मंगलवार, मंसिर १२ २०८०

  • 1.4K
    SHARES

  • नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ, ऐतिहासिक रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    मंगलवार, मंसिर १२ २०८००२:०३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij