Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

केपी ओली कप क्रिकेट प्रतियोगितामा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

केपी ओली कप क्रिकेट प्रतियोगितामा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

  • मंगलवार, मंसिर १२ २०८०

  • 832
    SHARES

  • केपी ओली कप क्रिकेट प्रतियोगितामा कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

    काठमाडौं । कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

    टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।

    बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १–१ विकेट लिएका थिए ।

    जवाफी ब्याटिङ सुरु गरेको कोशी प्रदेश १८ ओभर २ बलमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

    बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिए ।

    यससँगै पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) पुगेका छन् ।

    बिहिवार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबीच हुनेछ । भने बिहिवार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबिच हुनेछ । फाइनल खेल शुक्रबार हुनेछ ।


    मंगलवार, मंसिर १२ २०८००४:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij