काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ ।
चितवनको कप्तानी मार्की प्लेअर विशाल श्रेष्ठले गर्नेछन् । यस्तै राष्ट्रिय टिममा हाल दोस्रो रोजाईँको किपर रहेका दिप कार्कीले वीरगञ्जको कप्तानी गर्नेछन् । दुई खेलबाट चितवनको एक अंक छ र एक खेल खेलेको वीरगञ्ज अंकविहीन छ ।
छैटौँ स्थानमा रहेको चितवन र आठौँ स्थानको वीरगञ्ज आज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुने छन् ।