Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हिमाल र हिमाली जनताको रक्षा गरौँ : प्रधानमन्त्री दाहाल

हिमाल र हिमाली जनताको रक्षा गरौँ : प्रधानमन्त्री दाहाल

  • शनिवार, मंसिर १६ २०८०

  • 735
    SHARES

  • हिमाल र हिमाली जनताको रक्षा गरौँ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, हिमाली इकोसिस्टम र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्न विश्वका नेताहरूलाई आह्वान गर्नुभएको छ।

    कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा आयोजित हिमाल : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ? विषयको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना अरुभन्दा पहिले नै गरेको बताउनुभएको हो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हो, यो सत्य हो कि वर्तमानमा जलवायु परिवर्तनले रंग, जात, जनताको सामाजिक हित र देशको आर्थिक अवस्थालाई पनि असमान असर पार्छ। म नेपालका प्रधानमन्त्रीको हैसियतमा सबै अन्तर्राष्ट्रिय समुदायलाई ‘आफैँलाई बचाउन हाम्रा हिमाल बचाऊ,’ अभियानमा साथ दिन अपिल गर्न चाहन्छु । पहाडी समुदायको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्याबाट बाहिर ल्याउन पहाड र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न म सुझाव दिन्छु ।’

    उहाँले कार्यक्रमको उद्देश्य हिमाल, हिमाली सभ्यता, हिमाली इकोसिस्टम र हिमालका बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नु र हिमालमा जलवायु परिवर्तनले निम्त्याएका साझा चुनौतीहरूको सामना गर्न सहयोग र ऐक्यबद्धता हासिल गर्न खोजेको प्रष्ट पार्नुभयो ।


    शनिवार, मंसिर १६ २०८००२:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij