Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

विधान मिचेर पदाधिकारी मनोनयन गरेको बारे रवि लामिछानेको धारणा सार्वजनिक

विधान मिचेर पदाधिकारी मनोनयन गरेको बारे रवि लामिछानेको धारणा सार्वजनिक

  • आइतवार, मंसिर १७ २०८०

  • 500
    SHARES

  • विधान मिचेर पदाधिकारी मनोनयन गरेको बारे रवि लामिछानेको धारणा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्नुभएको छ ।

    मलेसिया भ्रमणमा गएका लामिछानेले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गर्नुभयो ।

    हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै पार्टी निर्णयको बचाउ गर्नुभयो ।

    लामिछानेले भन्नुभयो, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । एक घन्टाभित्र कारबाही गर्छु ।’


    आइतवार, मंसिर १७ २०८००४:५०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij