Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दक्षिण एसियाली कराँते च्याम्पियनसिपः सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

दक्षिण एसियाली कराँते च्याम्पियनसिपः सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

  • सोमवार, मंसिर १८ २०८०

  • 832
    SHARES

  • दक्षिण एसियाली कराँते च्याम्पियनसिपः सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

    काठमाडौं।सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको छ। नेपालले थप २६ रजत र ६ कास्य सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।

    त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भयो।

    नेपाल कराँते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य हात पा¥यो। त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कास्यसाथ श्रीलंकाको टिम पाँचौँ तथा २ कास्यसाथ भुटान छैटौँ भए।

    दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए।

     


    सोमवार, मंसिर १८ २०८००७:३८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij