Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

  • बुधवार, मंसिर २० २०८०

  • 1.6K
    SHARES

  • श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

    काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो ।

    वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ । उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले भौतिक रूपमा कार्यालयमै उपस्थित नहुन अनुरोध गरेको हो ।

    टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता विभागको छ ।

    श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध गरेको हो ।

    केही समय अघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भीड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।


    बुधवार, मंसिर २० २०८००१:३७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij