काठमाडौं। पाल्पाली क्रिकेट प्लेयर्स क्लबले जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
विगत लामो समयदे गम्भीर रोगले ग्रस्त भइ उपचाररत अध्यक्ष श्रेष्ठको उपचारमा आर्थीक समस्या भएपछी क्लबले ६८ हजार १ सय ५ (अठ्सट्ठी हजार एक सय पाँच) रुपैयाँ सहयोग सहयोग गरेको हो ।
विरामी भएपछी लामो समयदेखि सिल्भर लाइन अस्पतालमा उपचाररत श्रेष्ठको उपचारमा आर्थिक समस्या भएपछि क्लबले सहयोग संकलन सुरु गरेको थियो ।सोही क्रममा क्रिकेट प्लेयर्स क्लबका पदाधिकारी, खेलाडी तथा सदस्यहरुबाट संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो।
सहयोग रकम हस्तान्तरणपछि क्लबका सचिव अभिषेक ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै श्रेष्ठको शीघ्रस्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।
यस्तो छ सचिव ज्ञवालीले जारी गरेको विज्ञप्तिः
