Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसिसी युथ–१९ एसिया कप क्रिकेट आजदेखि युएईमा सुरु हुँदै

एसिसी युथ–१९ एसिया कप क्रिकेट आजदेखि युएईमा सुरु हुँदै

  • शुक्रवार, मंसिर २२ २०८०

  • 730
    SHARES

  • एसिसी युथ–१९ एसिया कप क्रिकेट आजदेखि युएईमा सुरु हुँदै

    काठमाडौं । एसिसी युथ–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ ।

    नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन् ।

    प्रतियोगितामा सहभागी जापान र युएई बाहेक अन्य सबै टोलीलाई यो प्रतियोगिता आसन्न यूथ– १९ विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ ।

    युथ– १९ विश्वकप क्रिकेट आगामी जवनरी १३ देखि फेब्रेुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुनेछ । उक्त प्रतियोगितामा नेपालको समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।


    शुक्रवार, मंसिर २२ २०८००७:१८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij