Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एनएसएलमा आज ललितपुर र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

एनएसएलमा आज ललितपुर र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

  • आइतवार, मंसिर २४ २०८०

  • 442
    SHARES

  • एनएसएलमा आज ललितपुर र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ । 

    यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ। आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

    चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ। चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ। एक खेलमा हार बेहोरेको छ। ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ।

    यही मंसिर ८ गते शुरु भएको एनएसएलको दोस्रो संस्कारणमा ९ टिम सहभागी छन्।

     

     


    आइतवार, मंसिर २४ २०८००७:५१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij