काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ।
सोमबार(आज) पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेको लागि बैठक बोलाइएको छ।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले गत भदौदेखि सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, केन्द्रीय समितिको बैठक बोलाउनेलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।