Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू—१९ एसिया कप: आज दुई खेल हुँदै

यू—१९ एसिया कप: आज दुई खेल हुँदै

  • सोमवार, मंसिर २५ २०८०

  • 1.6K
    SHARES

  • यू—१९ एसिया कप: आज दुई खेल हुँदै
    काठमाडौं । एसिसी यू–१९ एसिया कप अन्तर्गत सोमबार(आज) दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुन लागेका हुन्।
     
    पहिलो खेलमा युएईले श्रीलंकाको युवा टिमको सामना गर्नेछ भने दोस्रो खेलमा जापानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्। समूह ‘बी’मा श्रीलंका र बंगलादेशले पहिलो खेलमा जित निकाल्दै दुईदुई अंक जोडेका छन् भने जापान र युएई अंकबिहीन छन्।
     
    समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। समूह ‘ए’मा नेपाल भने अंकबिहीन छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। तेस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ।
     
    समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।


    सोमवार, मंसिर २५ २०८००६:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij