Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

झम्सीखेलमा गोली चल्यो, एकजना पक्राउ

झम्सीखेलमा गोली चल्यो, एकजना पक्राउ

  • मंगलवार, मंसिर २६ २०८०

  • 1.4K
    SHARES

  • झम्सीखेलमा गोली चल्यो, एकजना पक्राउ

    काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।

    नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

    एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

    उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

    राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिनुभयो ।


    मंगलवार, मंसिर २६ २०८००१:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij