Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने

  • शुक्रवार, मंसिर २९ २०८०

  • 576
    SHARES

  • कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने
    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने पुस १२ गतेदेखि बस्ने भएको छ ।
     
    पार्टीको महासमिति बैठक फागुन ७ देखि १० सम्मका लागि सार्ने निर्णय भएपछि पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक बस्ने भएको हो ।​
     
    कांग्रेस नेता डा. प्रकाशशरण महतले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभयो ।
     
    केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । यसअघि शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।


    शुक्रवार, मंसिर २९ २०८००२:५६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij