Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

फाइनान्स कम्पनी अस्वस्थ प्रतिष्पर्धाको शिकार बनेका छन् : सिइओ मिश्र

फाइनान्स कम्पनी अस्वस्थ प्रतिष्पर्धाको शिकार बनेका छन् : सिइओ मिश्र

  • बिहिवार, आश्विन २९ २०७७

  • 1.7K
    SHARES

  • फाइनान्स कम्पनी अस्वस्थ प्रतिष्पर्धाको शिकार बनेका छन् : सिइओ मिश्र

    काठमाण्डौं । युनाइटेड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय कुमार मिश्रले फाइनान्स कम्पनीहरु अस्वस्थ प्रतिपष्र्धाको शिकार बनेको बताउनु भएको छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसंवादमा पत्रकार टि.पी. भुसालसंग कुरा गर्दै उहाँले नियामक निकायको नीतिगत अस्पष्टताको कारण ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले यो मार खेप्नु परेको बताउनु भयो ।

    कोभिड १९ को कारण अर्थतन्त्र संकुचन हुँदा बजारमा लगानी योग्य पूजी बढि भएकोले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अस्वस्थ प्रतिष्पर्धा बढेको मिश्रले बताउनु भयो । उहाँले यसको लागि नियामक निकायको नीतिगत अस्पष्टता प्रमुख कारण रहको बताउनु भयो ।

    ‘नियामक निकायले ‘घ’ वर्गको बैंक÷वित्तीय संस्थाको कार्यक्षेत्र तोक्दा ‘क’,‘ख’ र ‘ग’ लाई एउटै फिल्डमा भिड्ने अवस्था सिर्जना गरेको छ ।
    यसको मार ‘ख’ र ‘ग’ वर्गको बैंकलाई परेको छ । अहिले १० हजारको मोवाईल देखि २० हजारका साइकलमा समेत वाणिज्य बैंकहरुले लगानी गर्न थालेका छन् । त्यसो भएपछि तल्लो तहका बैंकहरुले लगानी गर्ने ठाउँ नै नभटेजस्तो भएको छ ।’ उहाँले भनु भयो ।

    यसले गर्दा अहिले फाइनान्स तथा बिकास बैंकहरु नयाँ व्यबसायीलाई व्यवसाय सिकाउने प्लेटफर्म मात्र बनेको उहाँको धारणा छ । नेपालको समग्र वित्तीय विकासमा यी बैक तथा वित्तीय संस्थाहरुको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले यी संसथाहरको आवश्यक हो भने कार्यक्षेत्र तोक्न र होइनन भने त्यो अनुसारको नीति ल्याउनु पर्नेमा समेत जोड दिनभयो ।

    लकडाउन खुकुलो बन्दैमा अर्थतन्त्र चलायमान नहुने भन्दै उहाँले कोभिडको प्रभाव करिब २ देखि ३ वर्षसम्म रहने भएकोले सरकारले व्यवसाय हेरि राहतका प्याकेज ल्याउन सरकारलाई सुझाव दिनु भयो ।

    क्रस होलिङ भएका वित्तीय संस्थाहरुलाई मर्जरमा जान राष्ट्र बैंकको दबाब रहेपनि युनाइटेड फाइनान्सको विषय व्यवस्थापकभन्दा माथीको विषय भएको जानकारी दिँदै संचालकहरुलाई आवश्यक लागेमा मर्ज हुन सक्ने बताउनु भयो । सीइओ मिश्रसंग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नु हुनेछ ।

     

     


    बिहिवार, आश्विन २९ २०७७०४:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij