Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बंगलादेशले जित्यो यू—१९ एसिया कपको उपाधि

बंगलादेशले जित्यो यू—१९ एसिया कपको उपाधि

  • आइतवार, पौष १ २०८०

  • 1.1K
    SHARES

  • बंगलादेशले जित्यो यू—१९ एसिया कपको उपाधि

    काठमाडौं । बंगलादेशले एसिसी यू१९ एसिया कपको फाइनलमा युएईलाई १ सय ९५ रनले हराउँदै पहिलो पटक उपाधि जितेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुव पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए ।

    युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेले ।

    मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए । रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए ।

    युएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । आयन खान र ध्रुव पराशरले एक एक विकेट लिए । सेमिफाइनलमा युएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।


    आइतवार, पौष १ २०८००५:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij