काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गर्नुभएको छ । सोमबार(आज) त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै उहाँले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताउनुभयो ।
शिक्षा विकासमा सरकारले ठुलो लगानी गरे पनि प्रर्याप्त नभएको उहाँले औंल्याउनुभयो । दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
देशबाट मैले के पाए भन्दा पनि देशलाई मैले के दिए, के दिँदै छु र भविष्यमा के योगदान गर्न सक्नु भनेर सकारात्मक सोच लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।