Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार खारेज गर्ने निर्णय 

पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार खारेज गर्ने निर्णय 

  • बुधवार, पौष ४ २०८०

  • 728
    SHARES

  • पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार खारेज गर्ने निर्णय 
    काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरू खारेज गर्ने निर्णय भएको छ।
     
    बुधबार(आज) बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो। राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको छ। 
     
    परिषद् बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा बिक्री वितरण समेत बन्देज गर्ने निर्णय पनि गरेको छ। बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरूको सुरक्षाका लागि सुरक्षा पोस्टहरू निर्माण गर्नेसमेत निर्णय छ।


    बुधवार, पौष ४ २०८००३:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij