काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गर्नुभएको छ ।
न्यायपरिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको हो ।
उनीहरूलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघि आज नै संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।
अब प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाउनुहुने छ। शपथपछि उनीहरूले जिम्मेवारी सम्हाल्नेछन्। योसँगै सर्वोच्च अदालतमा २० न्यायाधीश हुनेछन्।