Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रक्सी, मासु र पैसाको प्रलोभनमा पर्न छोडौँ : रवि लामिछाने

रक्सी, मासु र पैसाको प्रलोभनमा पर्न छोडौँ : रवि लामिछाने

  • शुक्रवार, पौष ६ २०८०

  • 996
    SHARES

  • रक्सी, मासु र पैसाको प्रलोभनमा पर्न छोडौँ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलबाट पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेको टिप्पणी गर्नुभएको छ ।

    स्याङ्जाको भीरकोटमा शुक्रबार आयोजित खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावमा रक्सी, मासु र पैसाको प्रलोभनमा नपर्न आग्रह गर्नुभयो ।

    ‘हिजो चप्पल पड्काएका आएकाहरू पाँचतारे होटलमा ठूलठूला व्यापारीले झैं विवाह ब्रतबन्ध भोज भतेर गर्न सक्ने भए। जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए। यही हो जनता हारेको।’ ‘यति हार्दा पनि तपाईंहरूको चेत खुलेको छैन। चुनावका बेलामा एक प्लेट मासु, एउटा रक्सीको बोतल र हातमा केही पैसाको बिटो बोकेर तपाईलाई किन्न अझै पनि मानिसहरू आउँछन्। तपाईँ बिक्न तयार हो भने म आउँदिन मेरो केही लाग्दैन। खुट्टा दह्रो टेक्छौं, बिक्दैनौं । घण्टी बजाउँछौं भन्ने हो भने इमान भएका साथीहरुको राम्रो टिम छ । हामीलाई विश्वास गर्नुस्।’

    रास्वपाले चुनावमा परलोक भइसकेका, विदेश गएकाहरूको नाम खोज्ने र पैसाको बिटो बोकेर मतदाता किन्न खोज्नेलाई रास्वपाले उम्मेदवार नबनाउने पनि लामिछानेले बताउनुभयो ।

    अहिलेका ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठ गरिरहेका भन्दै विकास निर्माण र सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिनुभयो ।

     


    शुक्रवार, पौष ६ २०८००३:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij