Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयकबारे शीर्ष नेताहरूबीच छलफल, सोमबार पुनः बस्ने

टीआरसी विधेयकबारे शीर्ष नेताहरूबीच छलफल, सोमबार पुनः बस्ने

  • आइतवार, पौष ८ २०८०

  • 665
    SHARES

  • टीआरसी विधेयकबारे शीर्ष नेताहरूबीच छलफल, सोमबार पुनः बस्ने
    काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।
     
    उहाँहरूबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । 
     
    बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ । 
     
    उच्च राजनीतिक तहमा सहमति जुटाएर विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।


    आइतवार, पौष ८ २०८००२:०८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij