Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

  • मंगलवार, पौष १० २०८०

  • 730
    SHARES

  • प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो।

    यसअघि ३ बजेलाई तय भएको सम्बोधन २ घण्टा पछि सरेर ५ बजेसम्म पुगेको हो । सम्बोधन मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट हुनेछ । 

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनुहुने छ । 

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । यससँगै उहाँ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्नुभयो । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बन्नुभएको थियो ।

    प्रधानमन्त्री प्रचण्ड आफैँले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आउनुभएको छ ।


    मंगलवार, पौष १० २०८००७:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij