Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिगमा आज काठमाडौं र ललितपुर भिड्दै

नेपाल सुपर लिगमा आज काठमाडौं र ललितपुर भिड्दै

  • मंगलवार, पौष १० २०८०

  • 480
    SHARES

  • नेपाल सुपर लिगमा आज काठमाडौं र ललितपुर भिड्दै
    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
     
    यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ ।
     
    पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
     
    लिग चरणका खेलहरू सकिएपछि शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । जसमा पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।
     
    त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अंकसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो । यस सिजनको फाइनल खेल शनिबार हुनेछ ।


    मंगलवार, पौष १० २०८००७:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij