Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको बैठक साँझ बस्दै, यस्तो छ कारण ?

समाजवादी मोर्चाको बैठक साँझ बस्दै, यस्तो छ कारण ?

  • बुधवार, पौष ११ २०८०

  • 579
    SHARES

  • समाजवादी मोर्चाको बैठक साँझ बस्दै, यस्तो छ कारण ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चाको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल सुरु भएको बताउनुभएको छ ।

    ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै जनतामा लोकप्रिय बनाउन माओवादी, जसपा र विप्लव नेतृत्वको नेकपा पनि सहमत रहेको बताउनुभयो ।

    मोर्चाका संयोजक समेत रहेका अध्यक्ष नेपालले भन्नुभयो, आज बिहान मोर्चाको बैठक बसेको थियौँ। मोर्चाको संयोजकको नाताले हामीले बोलाएका थियौँ त्यहाँ गम्भीर छलफल चलिरहेको छ। छलफल सुरु भएको छ समाप्त भएको छैन। अहिले हाम्रो नेपालको राजनीतिक कुन अवस्थामा गइरहेको छ।

    उहाँले विदेशी शक्तिहरूले नेपालभित्र विभिन्न तानाबाना बुनिरहेको विषयमा पनि गम्भीर छलफल भएको बताउनुभयो ।

    उनले थप्नुभयो, ‘देशको स्वाधीनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने कुनै काम भइरहेको छ कि छैन ? देशका प्रतिगामी शक्तिहरूले के गरिरहेका छन्। यी सबै कुराको बारेमा व्यापक छलफल गरौँ कसरी नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर लोकप्रिय बनाउने काम गर्न सकिन्छ। यसमा हामी गम्भीर भएर सोचौँ। त्यस कुरामा नेकपा माओवादी, जसपा र नेकपा विप्लव समूह पनि सहमत छन्।

    बिहान बसेको बैठक आजै साँझ बस्ने गरी सकिएको थियो ।


    बुधवार, पौष ११ २०८००२:०६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij