काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।
आजको खेल दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात पारेको ललितपुर र धनगढीसँग पराजित पोखराबीचको खेल निकै रोमाञ्चक हुने अपेक्ष गरिएको छ।
यी दुई टिमबीच अहिलेसम्म भएका दुई भेट गोलरहित बराबरीमा सकिएका छन्। यो खेल जित्ने टिमले पहिलो पटक फाइनलमा स्थान बनाउनेछ। फाइनल खेल शनिबार हुनेछ।