काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) का सहप्रवक्ता अनिलमुनि बज्राचार्यले सीपयुक्त स्वरोजगार जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार (सिटीइभिटी) ले काम गरिरहको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसंवादमा पत्रकार टि.पी. भुसालसंग कुरा गर्दै उहाँले सिटीइभिटीले आफ्नो नियमित कार्यक्रममा सीप सिक्ने मात्र नभई स्वरोजगार हुने खालको पाठ्यक्रम विकास गरिरहेको जानकारी दिनुभयो ।
सहप्रवक्ता बज्राचार्यले कोरोनाको कारण स्वदेश फर्किएका र स्वेशमा केही गर्छु भन्ने चाहना राख्ने नेपालीहरुको लागि सिटीइभिटीले छोटो तालिमको कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताउनु भयो । ‘कोभिडको कारण अहिले ठूलो जनशक्ति नेपाल फर्किएको छ ।
उनीहको तथ्याङ्क र उनीहरुको रुची अनुसारको तालिम के हुन सक्छ भनेर तथ्याङ्क संकलन तथा त्यसबारे अध्ययन भइरहेको छ । यसबाट उनीहरुले हिजो विदेशमा सिकेको सिपलाई थप अपग्रेड गर्ने गरी छोटो तालिमको व्यवस्था गर्ने योजना छ । यसले उनीहरुलाई नेपालमा केही गर्न सहयोग गर्ने छ भन्ने साच छ ,’ उहाँले भन्नुभयो ।
नेपालमा बेरोजगारी ठूलो समस्याको रुपमा रहेको र मानिसहरुमा सीपको अभावमा विदेश जाँदा समेत कठिन काम गर्नु पर्ने विद्यामान अवस्थालाई चिर्दै मागको आधारमा सिटीइभिटीले जनशक्ति उत्पादन गरिरहेको समेत उहाँले बताउनु भयो ।
सिटीइभिटीले माग आपूर्तीमा सन्तुलन होस भने र उद्योगी व्यवसायीहरुसँग पनि सरसल्लाह गरी उनीहरको माग अनुरुप जनशक्ति उत्पादन गरिहेको उहाँले बताउनु भयो ।
अहिले सिटीइभिटीबाट उत्पादित ८० प्रतिशत भन्दा बढि जनशक्ति रोजगारीमै रहेको जानकारी दिँदै उहाँले मुख्यरुपमा निर्माण,हस्पिट्यालिटी,कृषि तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका जनशक्ति उत्पादन गरिरहको जानकारी दिनुभयो ।
उहाँले बेरोजगारी अन्त्य गर्न तथा उद्यमशीलताको विकासको लागि शिक्षालाई सिधै कामसंग जोड्ने गरी जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्तामा जोड दिनुभयो । सिटीइभिटीका सहप्रवक्ता बज्राचार्यसंग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नु हुनेछ ।
कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/radionrn/videos/333991221235236