Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटनामा दोषी देखिएपछि कसैलाई छोडिन्न : गृहमन्त्री श्रेष्ठ

बालकुमारी घटनामा दोषी देखिएपछि कसैलाई छोडिन्न : गृहमन्त्री श्रेष्ठ

  • सोमवार, पौष १६ २०८०

  • 804
    SHARES

  • बालकुमारी घटनामा दोषी देखिएपछि कसैलाई छोडिन्न : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जानेगरी भएको घटनाका दोषीहरू कोही पनि कानुनबाट उम्किन नपाउने बताउनुभएको छ ।

    सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

    घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरिसकेको र त्यसले दिएको सुझावको आधारमा दोषीमाथि कानुनी कारबाही गर्ने दृढतासमेत उहाँले व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘पहिलो दिन त्यो घटना घटेको थाहा पाउन साथ नै प्रारम्भिक कदम हाम्रो के भयो भने छानविन समिति बनाउने कुरा भयो। अहिले सरकारले जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत पूर्व(न्यायाधीशको अध्यक्षतामा आज विहान मात्रै मन्त्रिपरिषद बैठक बसेर उच्चस्तरीय छानविन समिति गठन गरिएको छ। म माननीय सदस्यहरुलाई के कुरा म माननीय सभापतिमार्फत अत्यन्तै दृढतापूर्वक आश्वास्त पार्न चाहन्छु भने योसँग सम्बन्धित सबै सेरोफेरोमा त्यो छानविन समितिले छानविन गर्नेछ। विभिन्न पक्षहरु दोषी हुन सक्छन्। सबै पक्षमा छानविन गर्नेछ। जोजो दोषी देखा पर्छन् । ती सबैलाई कानूनको दायरामा, कारबाहीको दायरामा ल्याइनेछ।

    त्यस्तै उहाँले दुई मृतकका परिवारलाई उनीहरूले गर्नसक्ने र सम्भव हुने प्रकृतिको रोजगारी पनि सरकारले दिने बताउनुभयो। त्यसका लागि प्रधानमन्त्रीसँग समेत कुरा भइसकेको उहाँको भनाइ छ ।

    त्यस्तै, गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायतासमेत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

    सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

     


    सोमवार, पौष १६ २०८००१:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij