Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने लक्षित हुँदै गृहमन्त्री श्रेष्ठको कडा प्रहार

रवि लामिछाने लक्षित हुँदै गृहमन्त्री श्रेष्ठको कडा प्रहार

  • सोमवार, पौष १६ २०८०

  • 1.3K
    SHARES

  • रवि लामिछाने लक्षित हुँदै गृहमन्त्री श्रेष्ठको कडा प्रहार

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिनुभएको छ। सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ । तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’

    बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाउनुभएको थियो ।

    त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौं सरकार भन्या गृहमन्त्रीमात्रै होइन, अहिले पूरै प्रहरी संगठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’

    गृहमन्त्रालय र प्रहरीको कुनै अधिकारीले प्रमोसन र सरुवामा पैसा लियो भन्ने सुन्न नपाउने उहाँको जिकिर थियो ।

    यस्तै लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाउनुभएको थियो ।


    सोमवार, पौष १६ २०८००२:०८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij