Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु

रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु

  • मंगलवार, पौष १७ २०८०

  • 1.3K
    SHARES

  • रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु

    काठमाडौं । रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।

    रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिनुभयो । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो’ उहाँले भन्नुभयो।

    वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।


    मंगलवार, पौष १७ २०८००२:१४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij