Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप जारी गर्दै

नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप जारी गर्दै

  • बुधवार, पौष १८ २०८०

  • 736
    SHARES

  • नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप जारी गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

    आज बुधवार (पुस १८ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्न थालेको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ३ मा साँवा र ब्याज भुक्तानी हुनेछ ।

    पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप खिचिरहेको छ ।


    बुधवार, पौष १८ २०८००१:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij