Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भूकम्प : भौतिक संरचना निर्माण गर्न ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने

जाजरकोट भूकम्प : भौतिक संरचना निर्माण गर्न ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने

  • बुधवार, पौष १८ २०८०

  • 716
    SHARES

  • जाजरकोट भूकम्प : भौतिक संरचना निर्माण गर्न ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने

    काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ ।

    ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गर्नुभएको हो ।

    तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने उहाँले बताउनुभयो ।

    हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उहाँको भनाई थियो । आफ्नो स्रोतबाहेक अन्य क्षेत्रबाट पनि रकम जुटाउन पहल भइरहेको मन्त्री महतले बताउनुभयो ।

    भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री, पुरानो शैलीमा नयाँ प्रविधिको घर निर्माण गर्न उहाँले सुझाउनुभयो। सरकारले भूकम्प प्रतिरोध घर निर्माण गर्न पहल गर्ने उहाँले उल्लेख गर्नुभयो।


    बुधवार, पौष १८ २०८००१:५८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij