काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी छिन्। आज प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिताको उपाधी विजेता एपीएफमा आवद्ध रहेकी पाण्डेले सन्यास लिएकी घोषणा गरेकी हुन्।
उपाधि जितेपछि पाण्डेलाई टीयू क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो ।सोही क्रममा उनले राष्ट्रिय र घरेलु दुवै तर्फका खेलबाट सन्यास लिएको घोषणा गरेकी हुन्। उनले आफू विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको बताइन्।
टीम छोड्दा दुःख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ। उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् ।