Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

यस्तो छ नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डर

यस्तो छ नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डर

  • बिहिवार, पौष १९ २०८०

  • 832
    SHARES

  • यस्तो छ नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डर

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो।

    सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ। विश्वकप लक्षित ३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ।

    यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ। यो सिरिज माघदेखि फागुनको बीचमचा हुनेछ। क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला नेपालले नै आयोजना गर्ने छ।

    त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ। मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानले जनाएको छ।


    बिहिवार, पौष १९ २०८००५:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij