Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा पराजितहरुलाई राष्ट्रियसभामा समेट्नु गलत : रवि लामिछाने

निर्वाचनमा पराजितहरुलाई राष्ट्रियसभामा समेट्नु गलत : रवि लामिछाने

  • मंगलवार, पौष २४ २०८०

  • 872
    SHARES

  • निर्वाचनमा पराजितहरुलाई राष्ट्रियसभामा समेट्नु गलत : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाउनुभएको छ ।

    प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको विषयमा संसदीय समितिमा उहाँले टिप्पणी गर्नुभएको हो। यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको रविको जिकिर छ ।

    मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उहाँले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताउनुभयो ।

    यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उहाँको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यता)को आधारमा चयन उहाँको प्रस्ताव छ ।

     


    मंगलवार, पौष २४ २०८००४:४९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij