Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीको मति अझै सु्ध्रिएन, बालुवाटार गएर जिरो बनाइदिऊ भनेछन् : माधव नेपाल

ओलीको मति अझै सु्ध्रिएन, बालुवाटार गएर जिरो बनाइदिऊ भनेछन् : माधव नेपाल

  • बुधवार, पौष २५ २०८०

  • 1.0K
    SHARES

  • ओलीको मति अझै सु्ध्रिएन, बालुवाटार गएर जिरो बनाइदिऊ भनेछन् : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गर्नुभएको छ ।

    पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्न नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे ! भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन ।’

    विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताउनुभयो । ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको उहाँले स्मरण समेत गर्नुभयो ।


    बुधवार, पौष २५ २०८००४:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij