Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने

एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने

  • बुधवार, पौष २५ २०८०

  • 701
    SHARES

  • एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय पनि गरेको हो ।
     
    बुधबार(आज) बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मस्यौदामाथि तलका पार्टी कमिटीको सुझाव समेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
     
    साथै बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरेको छ ।


    बुधवार, पौष २५ २०८००७:०३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij