Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

  • शनिवार, पौष २८ २०८०

  • 754
    SHARES

  • बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

    काठमाडौं । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

    दुर्घटनामा नौ जना घाइते भएका छन् । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ ।


    शनिवार, पौष २८ २०८००३:०३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij