Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीद्वारा नेताहरूलाई दुई बुँदे निर्देशन जारी

नेकपा एकीकृत समाजवादीद्वारा नेताहरूलाई दुई बुँदे निर्देशन जारी

  • शुक्रवार, माघ ५ २०८०

  • 868
    SHARES

  • नेकपा एकीकृत समाजवादीद्वारा नेताहरूलाई दुई बुँदे निर्देशन जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई दुई बुँदे निर्देशन जारी गरेको छ। माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई महासचिव घनश्याम भुसालले निर्देशन जारी गर्नुभएको हो ।

    बैठकमा सहभागी हुन आउनेको पार्टी सदस्यता अनिवार्य रूपमा नवीकरण हुनुपर्ने र बैठकमा सहभागिताको लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतका समयमा नै आफ्नो–आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यहरुलाई परिषद् बैठकबारे जानकारी गराउन पनि भनिएको छ ।

    बैठकले पार्टीको विधानलाई पूर्णता दिने तयारी गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अहिले विधानलाई पार्टीको तल्लो कमिटीमा छलफलको लागि पठाएको छ ।


    शुक्रवार, माघ ५ २०८००१:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij