Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति सिङ्घेबिच भेटवार्ता

युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति सिङ्घेबिच भेटवार्ता

  • शनिवार, माघ ६ २०८०

  • 616
    SHARES

  • युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति सिङ्घेबिच भेटवार्ता

    काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो ।

    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताउनुभयो । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

    भेटवार्तामा श्रीलंकाका राष्ट्रपति डा. सिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

    १२० देशका सरकार र राष्ट्रप्रमुख सहभागी उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री प्रचण्डले भारतका विदेशमन्त्री एस जयशंकरसहित अन्य राष्ट्रका प्रमुखहरूसँग भेट गर्नुभएको थियो ।


    शनिवार, माघ ६ २०८००२:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij