Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि शुरु हुँदै

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि शुरु हुँदै

  • सोमवार, माघ ८ २०८०

  • 700
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि शुरु हुँदै

    काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ।

    मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित नपाउने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन र प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

    मौन अवधिभर कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि पनि रोक लगाइएको छ। १९ सीटमा हुने निर्वाचनमा उम्मेदवारी दर्तापछि दलका नेताहरू अहिले प्रचारमा व्यस्त छन्।


    सोमवार, माघ ८ २०८००२:००:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij