Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी सरकारको निर्णय

संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी सरकारको निर्णय

  • मंगलवार, माघ ९ २०८०

  • 626
    SHARES

  • संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी सरकारको निर्णय

    काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारको प्रवक्ता समेत रहनुभएकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुवै सदन (प्रतिनिधि र राष्ट्रियसभा)को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।


    मंगलवार, माघ ९ २०८००४:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij