Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकपमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

यू–१९ विश्वकपमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

  • बुधवार, माघ १० २०८०

  • 622
    SHARES

  • यू–१९ विश्वकपमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

    काठमाडौं।नेपालले आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो।न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ भने पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ।

    नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

     


    बुधवार, माघ १० २०८००१:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij