Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालको छैटौँ विकेट पतन,  १८ रन बनाएर गुल्शन झा आउट

नेपालको छैटौँ विकेट पतन,  १८ रन बनाएर गुल्शन झा आउट

  • बुधवार, माघ १० २०८०

  • 687
    SHARES

  • नेपालको छैटौँ विकेट पतन,  १८ रन बनाएर गुल्शन झा आउट
    काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा अहिले नेपालले पाकिस्तानको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।
     
    खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपालका गुल्शन झा ४७ बलमा १८ रन बनाउँदै आउट भए । खेलको ३७ ओभर २ बलमा उनलाई पाकिस्तानका खुबयब खलिलले आउट गरे ।
     
    यसअघि ३९ रन बनाएर विपिन रावल, २३ रन बनाएर देव खनाल, ६ रनमा अर्जुन कुमाल, ६ रनमै आकाश त्रिपाठी, उत्तम थापा मगर ४ रन बनाएर आउट भएका हुन् ।
     
    आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।


    बुधवार, माघ १० २०८००४:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij