Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानविरुद्ध नेपालको सातौँ विकेट पतन,  १३ रन बनाउँदै दीपेश कँडेल आउट

पाकिस्तानविरुद्ध नेपालको सातौँ विकेट पतन,  १३ रन बनाउँदै दीपेश कँडेल आउट

  • बुधवार, माघ १० २०८०

  • 945
    SHARES

  • पाकिस्तानविरुद्ध नेपालको सातौँ विकेट पतन,  १३ रन बनाउँदै दीपेश कँडेल आउट
    काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा अहिले नेपालले पाकिस्तानको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।
     
    खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । नेपालका दीपेश कँडेल १७ बलमा १३ रन बनाउँदै आउट भए । खेलको ४२ ओभर २ बलमा उनलाई पाकिस्तानका अराफात मिन्हासले आउट गरे ।
     
    यसअघि १८ रन बनाएर गुल्शन झा, ३९ रन बनाएर विपिन रावल, २३ रन बनाएर देव खनाल, ६ रनमा अर्जुन कुमाल, ६ रनमै आकाश त्रिपाठी, उत्तम थापा मगर ४ रन बनाएर आउट भएका हुन् ।
     
    आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।


    बुधवार, माघ १० २०८००४:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij