Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकियो

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकियो

  • बिहिवार, माघ ११ २०८०

  • 903
    SHARES

  • राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकियो

    काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ ।

    बिहान ९ बजेबाट सुरु भएको मतदान सकिएको हो । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्। यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको हो। अबको केहि समयपछि मतगणना सुरु हुने बताइएको छ।


    बिहिवार, माघ ११ २०८००२:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij