Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
राष्ट्रियसभा निर्वाचन 

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

  • बिहिवार, माघ ११ २०८०

  • 740
    SHARES

  • गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
    काठमाडौं । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
     
    बिहीबार(आज) सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभयो ।
     
    अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाउनुभयो । महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गर्नुभयो ।
     
    अपाङ्गता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गर्नुभयो।


    बिहिवार, माघ ११ २०८००५:२६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij