Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

निःशुल्क पीसीआर परीक्षण स्थगित, कोरोना संक्रमण अझ बढ्ने खतरा

निःशुल्क पीसीआर परीक्षण स्थगित, कोरोना संक्रमण अझ बढ्ने खतरा

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.4K
    SHARES

  • निःशुल्क पीसीआर परीक्षण स्थगित, कोरोना संक्रमण अझ बढ्ने खतरा

    काठमाडौं । सरकारले ९ वर्गका व्यक्तिबाहेक अन्यको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि काठमाडौ उपत्यकामा निःशुल्क पीसीआर परीक्षण स्थगित भएको छ ।

    कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको काठमाडौ उपत्यकामा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले मंगलबारबाट निःशुल्क परीक्षण रोकेका छन् ।

    त्यसैगरी कन्ट्र्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले पनि निःशुल्क रुपमा पीसीआर परीक्षण गर्दै आएकोमा हिजोबाट स्थगित भएको छ ।

    सम्वन्धीत निकायका अधिकारीहरुले सरकारको अर्को निर्णय नआएसम्म निःशुल्क परीक्षण बन्द गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई पत्र पठाएर निःशुल्क परीक्षण नगर्न निर्देशन दिएपछि उपत्यकाको स्वाब परीक्षण पूर्णरुपमा प्रभावित भएको हो ।

    अब निःशुल्क पीसीआर परीक्षण बन्द भएपछि राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कामपाले दैनिक झन्डै ५ सय र ललितपुरले २ सयको हाराहारीमा पीसीआर परीक्षण गर्दै आएले पनि अहिले भने बन्द भएका छन् ।

    सरकारले निःशुल्क पीसीआर नगर्न निर्देशन दिएकाले हिजोबाट परीक्षण रोकिएको काठमाडौ महानगरपालिका कार्यालयका शहरी जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कन्ट्र्याक्ट ट्रेसिङमा परेका ९ प्रकारका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण गर्नेछैनौं ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको मापदण्डअनुसार आर्थिकरुपमा विपन्न, अशक्त तथा असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।

    ती बाहेकका सबै व्यक्तिले पीसीआर गर्न चाहेमा सरकारले निर्धारण गरेको शुल्क तिरेर मात्रै गर्न पाउने छन् । त्यसैगरी जिल्ला जनस्वाथ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलाल र ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले पनि सरकारको निर्देशनअनुसार हिजोबाट निःशुल्क पीसीआर परीक्षण बन्द गरिएको जानकारी दिनुभयो ।

    उपत्यकाका तीनै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयले टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विभिन्न सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउने गरेका थिए ।

    कामपाले अस्ती सोमबारसम्म सबै वडामा २२ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण गरेको थियो । तीमध्ये ३ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।

     

     


    बुधवार, कार्तिक ५ २०७७०७:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij