Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस फाइनलमा

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस फाइनलमा

  • सोमवार, माघ १५ २०८०

  • 725
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस फाइनलमा

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।

    मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

    पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

    पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए । अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे । गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । विपिन खत्री र कमल परियारले १/१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा १७० रन मात्र बनाउन सक्यो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए ।

    पुलिसको तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए । ललित राजवंशी र करण केसीले समान २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

    जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।


    सोमवार, माघ १५ २०८००४:३७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij