Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिर्न नसक्नेलाई निःशुल्क पाउन कुनै गाह्रो छैन : प्रवक्ता गौतम

तिर्न नसक्नेलाई निःशुल्क पाउन कुनै गाह्रो छैन : प्रवक्ता गौतम

  • बुधवार, कार्तिक ५ २०७७

  • 751
    SHARES

  • तिर्न नसक्नेलाई निःशुल्क पाउन कुनै गाह्रो छैन : प्रवक्ता गौतम

    काठमाडौं । सरकारले रकम तिर्न नसक्नेहरुलाई कोरोनाको उपचारमा कुनै समस्या र झण्झट नभएको दावी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अस्पतालमा पुगेका कुनै पनि व्यक्तिले कोरोना उपचारको रकम मैले तिर्न सक्दिन भन्नासाथ निःशुल्क पाउने जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “मैले पैसा तिर्न सक्दीन भनेर भन्नासाथ अस्पतालले व्यवस्था गर्छ, त्यसमा कुनै अन्य मापदण्ड र झण्झट छैन ।”

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिकरुपमा विपन्न, अशक्त तथा असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई मात्रै निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन पत्राचार गरेको छ ।

    विपन्न र असहाय प्रमाणित गर्नका लागि कुनै कागज पत्र तथा सिफारिस नचाहिने र अस्पतालले दिने एउटा फाराम भरे पुग्ने उहाँले दावी गर्नुभयो ।

    प्रवक्ता गौतमले कोरोना उपचारका लागि सक्नेले तिर्ने र नसक्नेले निःशुल्क पाउने व्यवस्था सरकारले गरेको स्पष्ट पार्नुभयो । सवैलाई उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले केही दिन अगाडि दिएको आदेश आफुहरुले अहिले अध्ययन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले तत्काल लकडाउन नहुने स्पष्ट पार्दै स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै गतिविधिहरु गर्न आह्वान पनि गर्नुभयो ।

     


    बुधवार, कार्तिक ५ २०७७१०:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij