Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपिएल क्रिकेटमा आज कोलकत्ता र बैंगलोर भिड्दै

आइपिएल क्रिकेटमा आज कोलकत्ता र बैंगलोर भिड्दै

  • बुधवार, कार्तिक ५ २०७७

  • 1000
    SHARES

  • आइपिएल क्रिकेटमा आज कोलकत्ता र बैंगलोर भिड्दै

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

    शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता बैंगलोरलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ ।

    किनकि बैंगलोर सातौं जितको खोजीमा रहेको छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष टोलिसँग अंक बराबरी गर्न चाहन्छ । यस्तै बैंगलोर कोलकत्ताविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सिजनको पहिलो भेटमा कोलकत्तालाई बैंगलोरले ८२ रनले हराएको थियो । कोलकत्ता भने बैंगलोरसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

     


    बुधवार, कार्तिक ५ २०७७१२:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij